काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले आइतबार अधिकारीविरुद्ध विशेष अदालतमा ७० लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा दायर गरेको हो ।
अधिकारीले एचके इन्टरप्राइजेज प्रालिका सञ्चालक श्रीकृष्ण श्रेष्ठबाट ७० लाख रुपैयाँ घुस लिएको अख्तियारद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
अधिकारीले सो रकम विकास चापागाई, देवेन्द्र केसी र रवीन्द्र लामिछाने लगायतसँग मिलेर उनीहरूको बैंक खातामा राखेर घरजग्गा कारोबारमा प्रयोग गरेको समेत आयोगद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।







