तालिबानले सत्ता कब्जा गर्नुअघि काबुललगायत देशका केही प्रमुख सहरहरूमा महिलाहरूले गाडी चलाएको देख्न सकिन्थ्यो । महिलाहरूलाई ड्राइभिङ लाइसेन्स वितरण गर्न बन्द गरेकाले अब सडकमा यस्ता दृश्य क्रमशः घट्दै जाने अनुमान गरिएको छ ।
गत १५ अगस्टमा अफगान सरकार ढलेपछि अफगानिस्तानमा मानव अधिकारको अवस्था दयनीय बनेको छ । देशमा द्वन्द्वको अन्त्य भए पनि मानवअधिकार उल्लंघनका घटनामा तीब्र बृद्धि भएका छन् । विशेषतः महिलाका हक अधिकारमा अंकुश लागेको छ ।
एउटा पछिल्लो घोषणामा तालिवानले हालैको एउटा आदेशमा तालिबान शासनले ६ कक्षाभन्दा माथिका छात्रालाई विद्यालयमा जान प्रतिबन्ध लगाएको थियो, जसका कारण विश्वव्यापी निन्दा भएको छ ।
शिक्षकहरूको अभावका कारण आफूहरुले यस्तो निणर्य लिनु परेको र छिट्टै छात्राहरूको अधिकार पुनर्स्थापित हुने तालिबान नेताहरूले बताउँदै आएका छन् ।






