आज नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा दोहोरो अंकले घटेको छ । आज नेप्से ३७.०६ अंकले घटेर दुई हजार २ सय ३८.६२ विन्दुमा रोकिएको हो । बुधबार नेप्से ३१.७६ अंकले घटेर दुई हजार २ सय ७५.६८ विन्दुमा रोकिएको थियो ।
आज नेप्सेमा एक अर्ब ६५ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार एक अर्ब २६ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार रहेकाे थियो ।
आज कारोबार भएका ५ कम्पनीको शेयरमूल्य बढेको छ भने १८८ कम्पनीकोे शेयरमूल्य घटेको छ । एक कम्पनीको शेयरमूल्य १० % ले बढेको छ । शेयर बजारमा निरन्तर गिरावट आए पनि यस कम्पनीको शेयरमूल्यमा भने सकारात्मक सर्किट लागिरहेको छ ।
आज जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १०% ले बढेर प्रतिकित्ता १५२०.६० रुपैयाँ पुगेको छ । हिजो पनि यस काम्पनीको शेयरमूल्य ९.९९% ले बढेको थियो ।
आज घलेम्दी हाइड्रो नेपालका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । शेयरमूल्य करिब ६.८६ % ले घटेको छ । कारोबार आज सबैभन्दा बढी सूर्या लाईफ इन्स्योरेन्स कम्पनीको भएको छ । याे कम्पनीको आज ८ करोड ४५ लाख भन्दा बढीको कारोबार रहेकाे छ ।







