नेको इन्स्योरेन्समा सिईओ खड्कामाथि कार्यालयमै पार्टी गतिविधि बढाएको आरोप

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अशोक खड्कामाथि कम्पनीलाई पार्टी गतिविधिको केन्द्र बनाएको आरोप लागेको छ।

सीइओ खड्का नेकपा एमालेको केन्द्रीय समितिसँग सम्बद्ध रहेको विषय सार्वजनिक यसअघि नै भैसकेको छ। कम्पनी स्रोतका अनुसार खड्काले कम्पनीको सामाजिक उत्तरदायित्व (CSR) शीर्षकमा खर्च हुने रकम एमालेसम्बद्ध कार्यक्रममा समाजसेवाको नाममा सहयोग गर्ने गरेका छन्। नेको इन्स्योरेन्समा सरकारी स्वामित्वको कृषि विकास बैंकको समेत लगानी छ।

सीइओ खड्कामाथि कम्पनीको नाम उल्लेख नगरी संस्थाको रकम व्यक्तिगत रूपमा सहयोग स्वरूप बाँड्ने गरेको आरोप छ। उनले एमालेको ब्यानर प्रयोग गर्दै कार्यक्रमहरूमा संस्थाको सामाजिक उत्तरदायीत्वको रकमबाट सहयोग गर्ने गरेको कम्पनीकै कराचारीहरु बताउँछन्। सीइओ खड्काकै आडमा कम्पनीभित्र पनि एमालेसम्बद्ध कर्मचारी तथा सर्भेयरहरूको प्रभाव बढ्दै गएको र यसले दैनिक प्रशासनिक कामकाजमा समेत प्रभाव देखिन थालेको उनीहरूको गुनासो छ।

यस विषयमा नियामक निकाय नेपाल बीमा प्राधिकरण तथा कम्पनी संचालक समिति बेखबर छैन तर राजनीतिक पहुँचका कारण उनीमाथि कसैले प्रश्न गर्नेसम्म हिम्मत देखाएका छैनन्।

सार्वजनिक रुपमै प्रश्न उठेपछि सीइओ खड्काले भने एमालेबाट राजीनामा दिइसकेको बताउने गरेका छन्। तर अध्ययनका क्रममा एमालेको आधिकारिक वेबसाइटमा उनको नाम ‘अशोक केसी’का रूपमा अझै उल्लेख छ।

खड्का अझै पनि एमाले पार्टी गतिविधिमा सक्रिय छन्। सिराहा कार्यक्षेत्र भएका उनले एमालेबाट चुनाव लड्ने तयारीसमेत गरेका थिए।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *