काठमाडौं । धुनिवेशी नगरपालिका–७ धादिङका उत्सव कार्कीले आफ्नी आमाको जन्मदिनको अवसरमा सिटिजन लाइफ इन्स्योरेन्सको जीवन बीमा पोलिसी उपहार दिएका छन् ।
विदेशमा बसोबास गर्दै आएका कार्कीले आमा लक्ष्मी कार्कीलाई ७ लाख रुपैयाँ बीमांक भएको बीमा पोलिसी उपहार दिएका हुन् । पछिल्लो समय बीमा पोलिसीलाई विभिन्न उत्सवहरुमा आफ्ना नजिकका व्यक्तिलाई उपहार स्वरुप दिने क्रम बढ्दै गएको छ ।







