रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिट न्यायाधीशद्वय प्रधान र पौडेलको इजलासमा सुनुवाइ हुँदै

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध दायर गरिएको सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोगपत्र फिर्ता गर्ने निर्णयविरुद्धको रिटको सुनुवाइ सर्वोच्च अदालतमा पेसी तोकिएको छ ।

यो रिट न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइका लागि तोकिएको हो ।

महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेविरुद्ध सहकारी ठगी बाहेकका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा हटाउन निर्देशन दिएपछि उक्त निर्णयविरुद्ध अधिवक्ताहरूले रिट दायर गरेका थिए ।

निर्देशनअनुसार केही जिल्लामा अभियोग संशोधनका लागि निवेदन दिइए पनि सर्वोच्चमा मुद्दा विचाराधीन भएकाले प्रक्रिया रोकिएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *