अबको प्रधानमन्त्री बालेन शाह हो, चाहिने नचाहिने कुरा गर्ने छुट कसैलाई छैन: राजु पाण्डे

काठमाडौं । काठमाडौं–३ बाट नवनिर्वाचित सांसद राजुनाथ पाण्डेले अबको प्रधानमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नै हुनेमा शंका नगर्न आग्रह गरेका छन् ।

मंगलबार काठमाडौंमा पत्रकारहरूसँग कुराकानी गर्दै सांसद पाण्डेले पार्टीको लाइन विपरीत चाहिने नचाहिने कुरा नगर्न पनि रास्वपाका नेतासँग आग्रह गरे ।

रास्वपाले जे बोल्छ त्यही गर्ने उनले दाबी गरे । ‘जे बोलिन्छ राष्ट्रिय स्वतन्त्र पार्टी त्यही गर्छ । अनि, पनि, कमा, फुल स्टप राष्ट्रिय स्वतन्त्र पार्टीका कुनै पनि तहका नेतालाई दायाँबायाँ कुरा गर्ने छुट छैन,’ उनले भने, ‘हाम्रो प्रधानमन्त्रीको उम्मेदवार वरिष्ठ नेता बालेन्द्र शाह हो । त्यसमा कन्फ्युजन नहुन अनुरोध गर्न चाहन्छु । यो चाहिने नचाहिने भन्ने छुट छैन ।’

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *