बालेन साहले निर्वाचन आयोगमा बुझाए चुनावी खर्च विवरण, १४ लाख १७ हजार खर्च

काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन साहले आज आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन् ।

झापा ५ बाट निर्वाचित बालेनले आफ्नो चुनावी खर्च १४ लाख १७ हजार २८९ भएको उल्लेख गरेका छन् ।

उनले सवारी साधन भाडा २ लाख ९३ हजार ५००, हवाइ भाडा ३५ हजार, मतदाता प्रशिक्षण कार्यक्रम खाना खर्च २९ हजार ३९०, वडा स्तरीय प्रचार कार्यक्रमका लागि खाजा खर्च २८ हजार ९७०, प्रचार कार्यक्रमका लागि ५ लाख ८० हजार भएको उल्लेख गरेका छन्।

सबैभन्दा कम मनोनयनका लागि १० हजार खर्चको हिसाब छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *