गोरखा-१ मा पछि परे रास्वपाका सुधन गुरुङ

काठमाडौं । गोरखा-१ मा नेपाली कांग्रेसका उम्मेदवार प्रेमकुमार खत्रीले अग्रता बनाएका छन् ।

खत्रीले ४२६३ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका सुधन गुरुङले ४२५९ मत पाएका छन् ।

सुरुवातदेखि अग्रता बनाएका गुरुङ अहिले ४ मतले पछि परेका छन् । नेपाली कम्युनिस्ट पार्टीका हरिराज अधिकारीले २२८१ मत पाउँदा एमालेका आरसी लामिछानेले ६७५ पाएका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *