सुर्खेत–१ मा कांग्रेसका विष्णुबहादुर खड्का निर्वाचित

सुर्खेत । सुर्खेत-१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका विष्णुबहादुर खड्का विजयी भएका छन् । उनले २६ हजार ८ सय ९७ मत ल्याए ।

निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का ध्रुवकुमार शाही १८ हजार ८ सय ९० मतमा रोकिए । राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर सिंह ठकुरीले १४ हजार ७ सय २९ मत ल्याए ।

यस्तै नेपाल कम्युनिस्ट पार्टीका जितबहादुर रानाले २ हजार ८ सय २८ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका रवि हमाल ठकुरीले १ हजार ४९ मत, श्रम संस्कृति पार्टीका वीरबहादुर रानाले ६ सय ४९ मत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *