नुवाकोट-१ मा कांग्रेसका प्रकाशशरण महतले लिए अग्रता

काठमाडौं । नुवाकोट–१ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका उम्मेदवार डा. प्रकाशशरण महतले अग्रता लिएका छन्। पछिल्लो मत अपडेटअनुसार उनले ७ हजार ६२६ मत प्राप्त गरी अग्रता कायम गरेका छन्।

यसअघि यस क्षेत्रमा अग्रता लिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विक्रम तिमिल्सिनाले ७ हजार ४३ मत प्राप्त गर्दै दोस्रो स्थानमा झरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *