जाजरकोटमा कांग्रेसका खडक बहादुर बुढा निर्वाचित, नेकपाका शक्ति बस्नेत पराजित

काठमाडौं । जाजरकोटबाट नेपाली कांग्रेसका खडक बहादुर बुढा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार शक्तिबहादुर बस्नेतलाई २ हजार ७३५ मत अन्तरले हराए ।

निर्वाचन आयोगका अनुसार कांग्रेस उम्मेदवार बुढाले २० हजार १४२ मत पाएर विजयी हुँदा बस्नेतले १७ हजार ४०७ मत पाएका छन् ।

यसैगरी नेकपा एमालेका डम्बरबहादुर सिंहले १६ हजार ८८३ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राघब कार्कीले २ हजार ४७१ मत पाए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *