मुस्ताङमा मतगणनाः कांग्रेसका गौचनको सुरुआती अग्रता

म्याग्दी। एउटा मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको मुस्ताङमा मतगणना सुरु भएको छ।

निर्वाचन आयोगको ६ः२२ मा प्रकाशित बुलेटिनअनुसार नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीले सुरुआती अग्रता लिएका छन्।

हालसम्म १२६९ मतगणना गर्दा गौचनले ६८७ मत पाएका छन्। एमालेका इन्द्रधारा विष्ट ३५५ मतसहित दोस्रो स्थानमा छन्।

राष्टिय स्वतन्त्र पार्टी (रास्वपा)बाट अधितियचन्द्र थकालीले ११७, उज्यालो नेपाल पार्टीका डा. सुरेन्द्र शेरचन ४३, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का ङुटुक गुरुङले २८ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालय मुस्ताङले जनाएको छ।

कुल ११ हजार ३२८ मतदाता रहेकोमा मुस्ताङमा ५६.४७ प्रतिशत अर्थात् ६ हजार ३९७ मत खसेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *