चितवन–३ को प्रारम्भिक मतगणनामा सोविता गौतमको अग्रता, रेनु दाहाल दोस्रो स्थानमा

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर ३ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोविता गौतमले प्रारम्भिक अग्रता लिएकी छन् ।

शुक्रबार बिहान ४ः४५ बजेसम्मको ताजा मत परिणाम अनुसार, गौतमले ९२५ मत प्राप्त गरेकी छन् ।

उनलाई नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहालले ६७९ मतका साथ पछ्याइरहेकी छन् ।

त्यसैगरी, नेकपा (एमाले) का उम्मेदवार शंकर राज थपलिया २०२ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *