निर्वाचन बहिष्कार गर्ने बहुमत पार्टीका जिल्ला इन्चार्ज र सचिव पक्राउ

विराटनगर। निर्वाचन बहिष्कार अभियानमा संलग्न नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का मोरङ जिल्ला इन्चार्ज र जिल्ला सचिवलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेहरूमा सुन्दरहरैँचा नगरपालिका–१० बस्ने ५६ वर्षीय कृष्ण प्रसाद चम्लागाई र झापाको दमक नगरपालिका–५ बस्ने ३७ वर्षीय सुमन पौडेल रहेका छन्।

इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको टोलीले उनीहरूलाई आज दिउँसो साढे ४ बजेको समयमा मोरङको कानेपोखरी गाउँपालिका–६ स्थित बुद्ध चोकबाट नियन्त्रणमा लिएको हो।

प्रहरीले दिएको जानकारीअनुसार, पक्राउ परेका व्यक्तिहरू आजै दिउँसो करिब १२ः१५ बजे सुन्दरहरैँचा–१० स्थित पूर्व–पश्चिम राजमार्गको उत्तरतर्फ नक्कली बम राख्ने प्रयासमा संलग्न भएको हुनसक्ने अनुमान गरिएको छ।

उक्त घटनाका  सम्बन्धमा उनीहरूमाथि थप अनुसन्धान भइरहेको मोरङ प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) हरिनन्दन चौधरीले जानकारी दिए

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *