२०८३ सालमा दिइने सार्वजनिक बिदा निर्धारण

काठमाडौं । सरकारले विसं २०८३ सालमा दिइने सार्वजनिक बिदा निर्धारण गरेको छ । गत फागुन १३ गते बसेको मन्त्रिपरिषद् बैठकले बिदा निर्धारण गर्ने निर्णय गरेको थियो । निर्णयअनुसार बिदाबारेको निर्णय राजपत्रमा प्रकाशित गरिएको हो ।

२०८३ सालमा ५२ वटा शनिबार परेका छन्। घटस्थापना असोज २५ गते आइतबार सार्वजनिक बिदा दिइएको छ। त्यसपछि दसैँ बिदा असोज ३१ गते शनिबारदेखि कात्तिक ६ गते शुक्रबारसम्म बिदा दिइएको छ।

यसैगरी तिहार बिदा कात्तिक २२ गते आइतबारदेखि कात्तिक २६ गते बिहीबारसम्म बिदा दिइएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *