सुकेधारा र नैकापमा दुई गाडीमा आगजनी, दुर्गा प्रसाईं समूहमाथि आशंका

काठमाडौं। काठमाडौंको सुकेधारा र नैकापमा दुई वटा गाडी आगजनी गरिएको प्रहरीले जनाएको छ।

आज बिहान नैकापस्थित पुल नजिकै बा७च १४०१ नम्बरको भ्यान र सुकेधारामा पनि बीएए २८३६ नम्बरको कार आगजनी भएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईलाई उद्धृत गर्दै नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।

प्रहरीले घटनास्थलबाट दुर्गा प्रसाईंसँग सम्बद्ध पर्चा फेला परेको बताएको छ। घटनाको अनुसन्धान अघि बढाइएको र दुवै सवारीधनी हालसम्म सम्पर्कमा नभएको भट्टराईले जनाए।

निर्वाचन बिथोल्न खोजेपछि प्रहरीले पक्राउ गरी प्रसाईंलाई हाल जिल्ला प्रहरी परिसर भक्तपुरको हिरासतमा राखेको छ।
बिहान पौने ३ र पौने ४ बजे लागेको आगो दमकल मगाएर निभाइएको थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *