नेप्सेमा साेल्टी हाेटल, अपि पावर र भगवती हाइड्राेकाे करिब २ करोड कित्ता बाेनस सेयर सूचीकृत

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ।

नेप्सेमा भगवती हाइड्रोपावर डेभलपमेन्टको १४ प्रतिशत, सोल्टी होटलको १५ प्रतिशत र अपि पावरको ५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो।

भगवती हाइड्रोपावरको ८ लाख ३२ हजार ९२६ कित्ता, सोल्टी होटलको १ करोड ५३ लाख २८ हजार ९८५ कित्ता र अपि पावरको ३० लाख ३७ हजार ९६३ दशमलव ९१ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ।

यी सेयर फागुन १९ देखि कारोबारमा आउने नेप्सेले जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *