प्रगतिशील लोकतान्त्रिक पार्टीले कुलमान घिसिङलाई समर्थन गर्ने

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीको गोकर्णेश्वर नगर कमिटीले प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं. ३ का लागि उज्यालो नेपाल पार्टीका उम्मेदवार कुलमान घिसिङलाई पूर्ण समर्थन गर्ने निर्णय गरेको छ ।

नगर कमिटीले २०८२ फागुन २७ गते जारी गरेको जानकारीअनुसार मुलुकको आर्थिक समृद्धि, सुशासन र उज्यालो भविष्यका लागि सक्षम नेतृत्व चयन आवश्यक रहेको उल्लेख गर्दै घिसिङको राष्ट्र निर्माणप्रतिको समर्पण र विकासप्रेमी छविप्रति देखिएको जनचाहनालाई समर्थन गर्ने निर्णय गरिएको जनाएको छ ।

विज्ञप्तिमा पार्टीका विभिन्न तहका समिति सदस्य, समर्थक र शुभेच्छुकलाई घिसिङको पक्षमा चुनावी प्रचारप्रसार र घरदैलो अभियानमा सक्रिय हुन आग्रह गरिएको छ। साथै, फागुन २९ गते हुने मतदानमा ‘बलको चिम’ चुनाव चिन्हमा मत दिई घिसिङलाई भारी मतान्तरका साथ विजयी बनाउन अपिल गरिएको छ।

उक्त जानकारीमा सचिव तारानाथ पुरी, अध्यक्ष नीर कार्की (रवी) र उपाध्यक्ष सुनील लामाको हस्ताक्षर रहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *