शेयर बजारमा १९ अंकको वृद्धि, ५ अर्ब ६४ करोडकाे कारोबार

काठमाडौं । आज शेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १९.२७ अंकले बढेर २६७४.२० को विन्दुमा बन्द भएको छ ।

आज ३४१ कम्पनीको शेयर किनबेच हुँदा ५ अर्ब ६४ करोडको शेयर कारोबार भएको छ । आज १८७ कम्पनीको शेयर मूल्य बढेको छ भने ६४ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै राद्यि विद्युत कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३६ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावरको ३३ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । मञ्जुश्री फाइनान्सको २८ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सालपा विकास बैंक र रिलायन्स स्पीनिङ मिल्सका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । बराही हाइड्रोपावरका लगानीकर्ताले ६.७४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै हिम स्टार ऊर्जा कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका हुन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *