आउँदो निर्वाचनमा पाँचै दललाई ‘कर्याककुरुक’ पाछौं : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी दुवै निर्वाचनमा पाँच दलीय गठबन्धनसँग एमाले प्रतिस्पर्धा गर्न इच्छुक रहेको बताएका छन् ।

गृहजिल्ला झापाको हल्दिबारी गाउँपालिका १ गोल्धापमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले दुवै निर्वाचनमार्फत एमालेले पाँच वटै दललाई ‘पत्तासाफ’ गर्ने दाबी गरे ।

पूर्वप्रधानमन्त्री रहेका ओलीले गठबन्धन टुट्ने हो कि भन्ने डर आफूलाई रहेको व्यंग्य गरे । मलाई डर के छ भने हत्तपत्त यो गठबन्धन टुटिहाल्ला कि भन्ने डर छ । पाँचै जनालाई एकै पटक ‘कर्‍याककुरुक’ पारेर फाल्दिनु जति आनन्द केहीमा हुँदैन, उनले भने ।

उनले एमालेको शक्तिका कारण मुलुकको राजनीति नै दुई धारमा मात्र सीमित बनेको टिप्पणी गरे । आज राष्ट्रिय राजनीति दुई भागमा बाँडिएको छ ।

एमाले कस्तो भए छ त अहिले भन्दा, एकतिर एमाले, अरु बाँकी अर्कातिर । त्यहीँ पनि बहुमत एमालेको । आज देश यस स्थितिमा पुगेको छ, ओलीले भने, एमालेसंग भिड्न एक्लै कसैले होइन, चार जनाले पनि चिताउन सक्दैन, पाँचै जना चाहिन्छ ।

ओलीले गठबन्धनका कारण एमालेलाई धेरै फाइदा पुगेको टिप्पणी गरे । गठबन्धन उहाँहरुलाई कति फापेको छ उहाँहरु जान्नुहुन्छ । एमालेलाई चाहिँ फापेको छ’ उनले भने ।

ओलीले आसन्न स्थानीय तहको निर्वाचनमार्फत ‘झापा जिल्ला, लाल किल्ला बनाउने दाबी गरे । उनले पाँच दल मिल्दा पनि एमालेलाई हराउने हिम्मत ‘गठबन्धनसँग नभएकोले वैशाख ३० को निर्वाचनमा एमालेको बहुमत आउने बताए ।

देशमा परिवर्तनको शंखघोष गर्ने, कांग्रेसलाई त्यो बेला खुट्टा टेकाउन हिम्मत दिने पार्टी र त्यस आन्दोलनको जन्म भएको जिल्ला झापा भएको उनले बताए । त्यो युग परिवर्तनको शंखघोष र आन्दोलन अहिले देशको ठूलो पार्टी एमाले बनेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *