टी-२० विश्वकप: सेमिफाइनलमा पुग्ने पहिलो टीम बन्यो इंग्ल्यान्ड

काठमाडौँ। आइसीसी टी-२० विश्वकप क्रिकेटमा इंग्ल्यान्ड सेमिफाइनलमा पुगेको छ।

सुपुर-८ मा लगातार दुइ जित निकालेसँगै इंग्ल्यान्डले अन्तिम खेल अगावै सेमिफाइनलमा स्थान बनायो। इंग्ल्यान्डलाई सेमिफाइनलमा पुर्याउन कप्तान ह्यारि ब्रुक्सले शतक बनाउँदै कप्तानी इनिङ खेलेका थिए।

समूह-२ अन्तर्गत भएको खेलमा पाकिस्तानलाई २ विकेटले हराउँदै इंग्ल्यान्ड सेमिफाइनल पुगेको हो। इंग्ल्यान्ड २०१० र २०२२ को च्याम्पियन टोली समेत हो। इंग्ल्यान्डले लगातार पाँचौं संस्करणमा सेमिफाइनलमा स्थान बनायो। पाकिस्तान भने पराजयसँगै प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको छ। अब इंग्ल्यान्डले अन्तिम खेलमा श्रीलंकालाई पराजित गर्नु पर्नेछ भने अर्को खेलमा न्युजिल्यान्ड इंग्ल्यान्डसँग पराजयको कामना गर्नु पर्नेछ।

पल्लेकेले मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो। उसका लागि साहिवजादा फर्हानले ६३ रन बनाउँदा बाबर अजाम र फखर जमानले २५-२५ रन बनायो। इंग्ल्यान्डका लागि लियम डउसनले ३ विकेट लिए। जेमी ओभरटनले २-२ विकेट लिए। अर्को एक विकेट आदिल रसिदको नाममा रह्यो।

जवाफमा इंग्ल्यान्डविरुद्ध पनि कसिलो बलिङ गरेको पाकिस्तानका लागि कप्तान ह्यारी ब्रुक्सनै भारी परे। उनले ५१ बलमा १० चौका र ४ छक्काको सहयोगमा १०० रनको शतकीय इनिङ खेल्दै टिमको जित निश्चित गरेका थिए। थप दोहोरो स्कोरका रुपमा विल ज्याक्सले २८ रन बनाउँदा साम करनले १६ रन बनाए। इंग्ल्यान्डले उक्त लक्ष्य ५ बल बाँकी हुँदा ८ विकेट गुमाएर पूरा गरेको थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *