काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल धादिङ बस दुर्घटनाका घाइते भेट्न अस्पताल पुगेका छन् । गृहमन्त्री अर्याल सोमबार दिउँसो कलंकीस्थित नेपाल नेसनल अस्पताल र ट्रमा सेन्टरमा उपचाररत घाइते भेट्न पुगेका हुन् ।
गएराति धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ स्थित त्रिशूली नदीमा पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा १९ जनाको मृत्यु र २५ जना घाइते भएका थिए। घाइतेहरूको उपचार काठमाडौं र धादिङका अस्पतालमा भइरहेको छ।
Artha Sanjal






