शेयर बजारमा झिनो वृद्धि, ५ अर्ब १३ करोड कारोबार

काठमाडाैं। साताकाे दोस्रो काराेबारकाे दिन सेयर बजार सामान्य अंकले बढेकाे छ। नेप्से २.४१ बढेर २६१६.९७ अंककाे बिन्दुमा बन्द भएकाे हाे ।

आज ३२९ कम्पनीको शेयर किनबेच हुँदा ५ अर्ब १३ करोड माथिको शेयर कारोबार भएको छ । आज ११३ कम्पनीको शेयर मूल्य बढेको छ भने १४० कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै आँखुखोला जलविदूतको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३६ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको ३२ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एसवाई प्यानलको २८ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सालपा विकास बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । रिलायन्स स्पीनिङ मिल्सका लगानीकर्ताले ९.२८ प्रतिशतका दरले कमाएका छन् । मेगा म्युचुअल फन्ड १ का इकाईधनीले ६ प्रतिशतका दरले कमाएका छन् । सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै एनआइबिएल समृद्धि फन्ड २ का इकाईधनीले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *