बढ्यो अण्डाको मूल्य,कति पुग्यो?

काठमाडाैं। नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको समर्थन मूल्य पुनः बढाएको छ।

संघका अनुसार आजदेखि लागू हुने गरी एक्सएल अण्डा प्रति क्रेट रु. ४९५, ठूलो अण्डा प्रति क्रेट रु. ४७५ र मिडियम अण्डा प्रति क्रेट रु. ४४५ कायम गरिएको छ। अण्डाको उत्पादन लागत पछिल्लो समय बढ्दै गएकाले किसानहरूले अब लागतभन्दा माथिको मूल्य पाउने अपेक्षा गरिएको संघले जनाएको छ।

गत साता संघले तोकेको मूल्यअनुसार एक्सएल अण्डा प्रति क्रेट रु ४४५, ठूलो अण्डा रु ४२५ र मिडियम अण्डा रु ३७५ रहेको थियो।

हाल देशभर चुनावी प्रचारप्रसार तीव्र भइरहेका कारण अण्डाको खपत बढ्न थालेको र सोही कारण मूल्य समायोजन गर्नुपरेको संघले स्पष्ट पारेको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *