दुर्गा प्रसाईको बन्दीप्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र मेघराज पोखरेलको संयुक्त इजलासमा सोमबार सुनुवाइका लागि पेसी तोकिएको हो ।

यसअघि सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले प्रसाईलाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो । साथै प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न आदेश जारी गरेको थियो । दुर्गा प्रसाईको हकमा उमा प्रसाईले बन्दीप्रत्यक्षीकरण रिट दर्ता गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *