नाै महिनामा आँधिखोला लघुवित्तको नाफा ३ करोड ४८ लाखभन्दा बढी

आँधिखोला लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्षको ९ महिनामा रू. ३ करोड ४८ लाखभन्दा बढी खुद नाफा कमाएको छ । कम्पनीले यस वर्ष गत वर्षको भन्दा १९.८६ प्रतिशत बढी खुद नाफा गरेको हो ।

कम्पनीले रू.२ करोड ९० लाखभन्दा बढी खुद नाफा गरेको थियो ।

नाफा १८.३१ प्रतिशत बढी रू. ४ करोड ४७ लाख भएको छ । कम्पनीको चुक्तापूँजी रू.१० करोड रहेको छ । जगेडा कोष रकम गत वर्षभन्दा ३६.९५ प्रतिशत बढेर रू। ९ करोड ५५ लाख कायम भएको छ ।  कम्पनीले यस वर्ष २३ प्रतिशत बढी कर्जा सापटी लिएको छ भने २८.३९ प्रतिशत बढी कर्जा प्रवाह गरेको हो ।

कम्पनीले रू.६९ करोड ४५ लाखभन्दा बढी कर्जा सापटी लिएको हो भने रू. १ अर्ब ३३ करोड ७१ लाखभन्दा बढी कर्जा प्रवाह गरेको हो । निक्षेप संकलन भने गत वर्षभन्दा २३.७७ प्रतिशत बढी रू। ४५ करोड २० लाख भएको छ ।  ४.३९ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ३.४६ प्रतिशतमा झरेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. ४६.४४ र प्रतिशेयर नेटवर्थ रू. १९५.५५ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *