भिजिट भिसा प्रकरण : कविता पौडेल ५ लाख धरौटीमा रिहा गर्न विशेष अदालतको आदेश

काठमाडौं। विशेष अदालतले भिजिट भिसा प्रकरणमा घुस बापतको रकम लुकाउन भूमिका खेलेको आरोप लागेकी कविता पौडेललाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

मंगलबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले पौडेलसँग ५ लाख धरौटी लिएर छाड्न गर्ने आदेश दिएको हो । पौडेलविरुद्ध भ्रष्टाचार (रिसवत/घुस) र सम्पत्ति शुद्धीकरण गरी दुई वटा मुद्दा दायर गरिएको थियो ।

अध्यागमन कार्यालयका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईसँग मिलेर सेटिङ गरी भिजिट भिसामा मानिसहरू विदेश पठाउने कार्यमा पौडेलको प्रत्यक्ष संलग्नता रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबी छ।

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *