नेप्सेमा तीन कम्पनीकाे बोनस सेयर सूचीकृत, कुनको कति ?

काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शिवम् सिमेन्ट्स लिमिटेड, आशा लघुवित्त वित्तीय संस्था लिमिटेड र कृषि विकास बैंक लिमिटेडका बोनस सेयर सूचीकृत भएका छन्।

शिवम् सिमेन्ट्सको २.५ प्रतिशत दरको कुल १३ लाख ६४ हजार २०२ कित्ता बोनस सेयर सूचीकृत भएको हो । यो सँगै नेप्सेमा कम्पनीको सूचीकृत सेयर संख्या ५ करोड ५९ लाख ३२ हजार २८८ पुगेको छ ।

त्यस्तै, आशा लघुवित्तको ९.५ प्रतिशत दरको कुल ९ लाख ९६ हजार ३९३ कित्ता सेयर सूचीकृत भएको हो । नेप्सेमा कम्पनीको सूचीकृत सेयर संख्या ८० लाख २६ हजार ८५७ पुगेको छ ।

यसका साथै कृषि विकास बैंकको ३.२५ प्रतिशत दरको कुल ४५ लाख २ हजार ९४७ कित्ता बोनस सेयर सूचीकृत भएको छ । योसँगै नेप्सेमा बैंकको सूचीकृत सेयर संख्या १ अर्ब ४३ करोड ५५ हजार १९२ पुगेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *