काठमाडौं। आईसीसी टी २० विश्वकप २०२६ को सुपर ८ मा पुग्ने पाँच टिमको स्थान पक्का भएको छ। सोमबारका तीन खेलको नतिजासँगै सुपर ८ खेल्ने आठ टिममध्ये पाँच टिम तय भएका हुन्।
हालसम्म प्रतियोगिताको समूह ‘ए’बाट भारतले सुपर ८ मा स्थान बनाएको छ। यस्तै, समूह ‘बी’ बाट श्रीलंका, समूह ‘सी’ बाट वेस्ट इन्डिज र इंग्ल्यान्ड सुपर ८ मा प्रवेश गरेका छन्।
यसैगरी समूह ‘डी’ बाट दक्षिण अफ्रिकाले सुपर ८ मा स्थान बनाएको छ। बाँकी तीन स्थानका निम्ति अझै पनि तीन समूहका टोलीबीच प्रतिस्पर्धा जारी छ। समूह ‘सी’ बाट मात्रै हालसम्म सुपर ८ पुग्ने दुवै टिम टुंगो लागेका हुन्।
इंग्ल्यान्ड, इटाली र वेस्ट इन्डिजसँग लगातार तीन खेलमा पराजित भएपछि नेपालको सुपर ८ पुग्ने सपनामा ब्रेक लागेको छ।
Artha Sanjal






