काठमाडाैं। साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ३ अंक बढेर बन्द भएको छ।
यस दिन सो सेसनमा ३.४६ अंक बढेर २६७४.५३ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२१ अंक बढेको छ।
सोमबार प्रि ओपन सेसनमा ५० स्टकको १०८ पटकको कारोबारमा ४८ लाख ४० हजार ८८४ रुपैयाँ ४० पैसाबराबरको ९ हजार ८६९ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २२ स्टकको मूल्य बढेको छ भने २० स्टकको मूल्य घटेको छ। बाँकी ८ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।
Artha Sanjal






