माघ महिनामा लगानी प्रतिद्धता अर्ब नाघ्यो

काठमाडौं: यस वर्षको माघ महिनामा एक अर्ब ४ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता प्राप्त भएको छ ।
उद्योग विभागका अनुसार माघमा ४९ वटा उद्योगका लागि यो प्रतिबद्धता आएको हो ।
यससँगै चालू आर्थिक वर्षको सात महिनामा वैदेशिक लगानी प्रतिवद्धता ४० अर्ब २८ करोड ३३ लाख रुपैयाँ पुगेको छ ।
५२४ वटा परियोजनामा यो लगानीको प्रतिबद्धता आएको हो । ती उद्योगले २० हजार ८९६ जनालाई रोजगारी दिनेछन् ।
अहिलेसम्म सूचना प्रविधिका सबैभन्दा धेरै २८८ परियोजनामा १ अर्ब २५ करोड ९४ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।
कृषिमूलक क्षेत्रका १४ परियोजनाबाट २१ अर्ब ९० करोड, पर्यटमूलक क्षेत्रका १५० परियोजनामा १० अर्ब ८६ करोड लगानी प्रतिबद्धता रहेको छ ।
यस्तै, सेवामूलक क्षेत्रका ३४ परियोजनामा ३ अर्ब ५४ करोड, उत्पादनमूलक क्षेत्रमा ३५ परियोजनामा २ अर्ब ४ करोड र ऊर्जा क्षेत्रको एउटा परियोजनामा १८ करोड ४२ लाख रुपैयाँ वैदेशिक लगानीको प्रतिबद्धता आएको छ ।
विदेशी लगानीलाई प्रोत्साहन गर्न स्वचालित मार्गमार्फत लगानी स्वीकृति लिने विद्यमान ५० करोड रुपैयाँको सीमा हटाइएकाले लगानीको प्रतिवद्धता प्रक्रियालाई सहज बनाएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको भनाइ छ ।
Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *