सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं। नेपाली बजारमा सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला ३ लाख ६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला ३ लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदी मूल्य भने तोलामा ५० रुपैयाँले बढेको छ । आजको बजारमा चाँदी प्रतितोला ५ हजार ३४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बुधबार चाँदी तोला ५ हजार २९० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *