जाल्पा सामुदायिक लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट

साताको पहिलो कारोबार दिन आइतवार बजार खुलेको सवा एक घण्टाको अवधिमा कारोबारमा आएका २०८ ओटा धितोपत्रमध्ये जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको धितोपत्रमा सकारात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन ९ दशलमव ९९ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।

कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू। १ हजर २५६ दशमलव ८० कायम भएको छ । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । मार्केड डेप्थमा हेर्दा कम्पनीको शेयरमा ६५ हजार ८६ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *