काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी नेकपाले आगामी २०८२ फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आज मंगलबार आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।
पार्टीले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा ‘उद्यमशीलता विकास’लाई उच्च प्राथमिकतामा राखेको छ, जसअनुसार दलित, अल्पसंख्यक र शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई १ करोड रुपैयाँसम्म सहुलियतपूर्ण ऋण दिने घोषणा गरिएको छ ।
नेकपाको प्रतिबद्धतामा स्पष्ट रूपमा उल्लेख गरिएअनुसार उत्पादन तथा रोजगारीमूलक उद्यम गर्न चाहने दलित, अल्पसंख्यक र शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई १० वर्षका लागि १ करोड रुपैयाँसम्म ऋण उपलब्ध गराइनेछ । यो ऋणमा लाग्ने ब्याजदर जम्मा ५ प्रतिशत मात्र हुने भनिएको छ ।
Artha Sanjal






