पर्यटन विधेयक राष्ट्रिय सभाबाट पारित

काठमाडौं । राष्ट्रिय सभाबाट पर्यटन विधेयक पारित भएको छ ।

सोमबार बसेको सभाको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हाले विधेयक पारित गरियोस् भन्ने प्रस्तुत गरेका थिए । जसलाई सभाले सर्वसम्मत रुपमा पारित गरेको हो ।

यो विधेयक तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले ५ वैशाख २०८२ मा ल्याएका थिए ।

१४ वैशाख २०८२ मा राष्ट्रिय सभामा यो विधेयक प्रस्तुत गरिएको थियो । ११ साउन २०८२ मा दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको थियो । विधायन समितिले पारित गरेर सभामा लगेसँगै सभाले पनि पारित गरेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *