प्रि ओपन सेसनमा ३ अंकले बढ्यो नेप्से

काठमाडाैं। साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ३ अंक बढेर बन्द भएको छ।

यस दिन सो सेसनमा ३.१५ अंक बढेर २७०१.६० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.८५ अंक बढेको छ।

सोमबार प्रि ओपन सेसनमा ५६ स्टकको ११७ पटकको कारोबारमा १ करोड ७० लाख ३८ हजार ६०९ रुपैयाँ ६० पैसाबराबरको ३४ हजार २०६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३२ स्टकको मूल्य बढेको छ भने २२ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *