श्री डिस्टिलरीले जारी गर्यो २० प्रतिशत हकप्रद शेयर

काठमाडौं । श्री डिस्टिलरीले आफ्ना शेयरधनीका लागि २० प्रतिशत हकप्रद शेयर जारी गरेको छ।

कम्पनीको माघ २० गते सम्पन्न वार्षिक साधारणसभाले तत्काल कायम चुक्तापुँजीको २० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो।

सोही सभाको निर्णयबमोजिम कम्पनीले हाल कायम शेयरधनीहरुका लागि हकप्रद शेयर जारी गरेको हो। यो हकप्रद शेयरमा ३५ दिनभित्र कम्पनीको नाममा रकम जम्मा गरी निवेदन दिनुपर्नेछ।

तोकिएको अवधिभित्र हकप्रद शेयर खरिद नगरेमा वा शेयर खरिद गर्ने अधिकार अरूलाई हस्तान्तरण नगरेमा, सञ्चालक समितिको निर्णयअनुसार नियमबमोजिम उक्त शेयर जफत गरी बिक्री गरिने कम्पनीले जनाएको छ। साथै, यस सम्बन्धमा पछि कुनै किसिमको उजुरी वा दाबी गर्न नपाइने पनि कम्पनीले स्पष्ट पारेको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *