शेयर बजारमा दोहोरो अंकको गिरावट, ८ अर्ब ६३ करोडको कारोबार

काठमाडौं । आज शेयर बजार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १२.५८ अंकले घटेर २६८३.१५ को विन्दुमा कायम भएको छ ।

आज ३२२ कम्पनीको शेयर किनबेच हुँदा ८ अर्ब ६३ करोडको शेयर कारोबार भएको छ । आज ६६ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने १९० कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै एसवाई प्यानलको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५९ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आँखुखोला जलविद्युतको ४१ करोड रुपैयाँको शेयर कारोबार भएको छ । युनियन हाइड्रोपावरको ३२ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कालिञ्चोक दर्शन लिमिटेडका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । एचएलआइ लार्ज क्याप फन्डका लगानीकर्ताले ९.९५ प्रतिशतका दरले कमाएका हुन् । मेगा म्युचुअल फन्डका इकाईधनीले ५.७९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सान्भी इनर्जी लिमिटेडका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ४.६३ प्रतिशतका दरले गुमाएका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *