धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले २ करोड ३३ लाखभन्दा बढी खुद नाफा कमाएको छ । गत वर्ष एक करोड ६४ लाखभन्दा बढी खुद नाफा गरेको हाे ।
वित्तिय विवरण सार्वजनिक गरेको छ । वित्तिय विवरण अनुसार संस्थाको नाफा गत वर्षको तुलनामा ४१.६४ प्रतिशतले बढेको छ ।
गत वर्ष ५४ लाखभन्दा बढी मात्र खराब कर्जा उठाएको उक्त कम्पनीले यस वर्ष २ करोड १८ लाखभन्दा बढी यो कर्जा उठाएको छ । गत वर्ष २ करोड ७ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष १ करोड ५१ लाखभन्दा बढी मात्र यो नाफा गरेको हो ।
जगेडा कोष रकम गत वर्षभन्दा साढे ५७ प्रतिशत बढेर १० करोड ६८ लाखभन्दा बढी कायम भएको छ । कम्पनीको चुक्तापूँजी रू.७ करोड रहेको छ । यस वर्ष कर्जा सापटी रकम भने गत वर्षभन्दा १०९.६० प्रतिशत बढेको छ ।
निक्षेप संकलन गत वर्षभन्दा करिब २५ प्रतिशत बढी अर्थात् ६५ करोड ३१ लाखभन्दा बढी गरेको कम्पनीले ४५.२८ प्रतिशत बढी १ अर्ब ४४ करोड ५६ लाख कर्जा प्रवाह गरेको छ । गत वर्ष २९ करोड १६ लाखभन्दा बढी कर्जा सापटी लिएको कम्पनीले यस वर्ष ६१ करोड १३ लाखभन्दा बढी लिएको हो ।
निष्क्रिय कर्जा गत वर्ष ३.३८ प्रतिशत रहेकोमा यस वर्ष बढेर ४.९५ प्रतिशत पुगेको छ । कम्पनीले सर्वसाधारणमा ३ करोड ३१ लाख बराबरको आईपीओ निष्कासनको तयारी गरेको छ ।






