काठमाडौं । संघीय संसद् सचिवालयले २१ फागुनको प्रतिनिधिसभा चुनावपछि आउने नयाँ संसद्को लागि नयाँ संसद भवन नै प्रयोग हुने जनाएको छ ।
संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले प्रतिनिधिसभाको निर्वाचन पश्चात तत्काल बैठक सञ्चालनका लागि सरकारसंग निरन्तर सम्वादमा रहेको र सिंहदरबारमै रहेको नयाँ संसद् भवन नै प्रयोग हुने जानकारी दिएका हुन् ।
प्रवक्ता गिरीले अधिवेशन आह्वान हुनुभन्दा १५/२० दिनअगावै सभा कक्षसहितका आवश्यक पूर्वाधारहरू सचिवालयलाई उपलब्ध हुने उल्लेख गरे ।
Artha Sanjal






