काठमाडौं। लक्ष्मी सनराइज बैंक लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ।
जसअनुसार बैंकका आधिकांश सूचक नकारात्मक देखिएका छन्। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार पुस मसान्तसम्म आइपुग्दा बैंक २७ करोड ३६ लाख रुपैयाँभन्दा बढी खुद घाटामा छ।
अघिल्लो वर्षको यही अवधिमा १ अर्ब १६ करोड रुपैयाँ नाफा कमाएकोमा थियो।
यसले बैंक व्यवस्थापन नेतृत्वको क्षमतामाथि नै प्रश्न उठाएको छ। यस अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन आम्दानी बढेको देखिए पनि त्यसबाट बैंकको समग्र वित्तीय स्वास्थ्य जोगाउन सकेको देखिन्न । बैंक खर्च नियन्त्रण र जोखिम व्यवस्थापनमा कमजोर देखिँदा बैंक १५ करोड ९८ लाख रुपैयाँ सञ्चालन घाटामा फसेको छ, जुन गत वर्षको १ अर्ब ७९ करोड रुपैयाँ सञ्चालन मुनाफासँग तुलना गर्दा चिन्ताजनक गिरावट हो।
नाफा ऋणात्मक भएसँगै बैंकको वितरणयोग्य मुनाफा ८४ करोड रुपैयाँभन्दा बढी घाटामा पुगेको छ भने प्रतिशेयर आम्दानी पनि २ रुपैयाँभन्दा बढी नोक्सानमा सीमित भएको छ।
यसले लगानीकर्ताको प्रतिफलको अपेक्षामाथि ठाडो प्रहार गरेको छ। बैंकले खराब ५.५० प्रतिशत छ।
कर्जा असुली कमजोर रहँदा बैंक खराब कर्जाको दलदलबाट पूर्ण रूपमा उम्किन नसकेको देखिन्छ।
जसका कारण नाफा, पूँजी र प्रतिफल सबै सूचकमा दबाब बढ्दै गएको देखिन्छ। ठूलो मात्रामा निक्षेप संकलन हुँदाहुँदै पनि अपेक्षित रूपमा कर्जा हुन नसक्नु र इम्पेरिमेन्ट चार्ज बढ्दा बैंक घाटामा देखिएको छ।
यस अवधिमा बैंकको खुद फी तथा कमिसन आम्दानी १ अर्ब १८ करोड ३ लाख ७ हजार रुपैयाँ छ।
बैंकको वितरणयोग्य मुनाफा ८४ करोड २७ लाख १३ हजार रुपैयाँ ऋणात्मक रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ६ रुपैयाँ २९ पैसा ऋणात्मक देखिएको छ । यस्तै बैंकको प्रतिशेयर नेटवर्थ १६६ रुपैयाँ २३ पैसा छ।






