काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)बीच सम्झौता भएको छ । एक्यानमा आवद्ध चार्टर्ड एकाउटेन्टलाई आकर्षक ब्याजदरमा विभिन्न कर्जा सुविधा प्रदान गर्ने सम्बन्धमा दुई संस्थाबीच सम्झौता भएको हो ।
सम्झौता–पत्रमा गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघको तर्फबाट अध्यक्ष अनुप नेपालले हस्ताक्षर गरे ।
सम्झौतापश्चात नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघमा आबद्ध चार्टर्ड एकाउन्टेन्ट सदस्यहरूले न्यूनतम आवश्यक कागजातमा ७५ हजारदेखि पाँच लाखसम्मको क्रेडिट कार्ड सुविधा प्राप्त गर्नुका साथै आवश्यक प्रक्रिया पूरा गरी बिनाधितो १५ लाखसम्मको व्यक्तिगत प्रोफेसनल कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
त्यसैगरी विकास बैंकले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघमा आबद्ध चार्टर्ड एकाउन्टेन्ट्स सदस्यहरूलाई आकर्षक व्याजदरमा घर कर्जा र सवारीसाधन कर्जा समेत प्रदान गर्नेछ ।
हाल गरिमा विकास बैंक लिमिटेडले ‘अब आफ्नै घर’ भन्ने नाराका साथ ६.४९ प्रतिशतदेखि गरिमा आवास कर्जा तथा ५.९९ प्रतिशतदेखि नै गरिमा एसएमई तथा व्यवसाय कर्जा प्रवाह गरिरहेको जनाएको छ ।






