सर्वोच्च अदालतले भन्यो- संसद पुनःस्थापनाको मुद्दामा २० गते पेसी तोकिएको होइन

काठमाडौं । सर्वोच्च अदालतले संसद पुनःस्थापना माग गर्दै दायर भएका रिट निवेदनमा २० गते पेसी तोकिएको भन्ने हल्ला सही नभएको जनाएको छ ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले यही माघ २० गते पेसी तोकिएको भन्ने गलत प्रचार भएको र हालसम्म विघटनविरुद्धको मुद्दामा पेसी नतोकिएको बताए ।

संसद् विघटनविरुद्ध समेतको रिट निवेदन माघ २० गते पेसी तोकिएको भनी केही अनलाइनहरूमा समेतमा आएको समाचार सही नभएको जानकारी गराउँदछु’, प्रवक्ताले कोइरालाले भने, ‘२० गते साधारण तारेख रहेको छ ।’

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *