शेयर बजारमा सामान्य अंककाे गिरावट, १६ अर्ब ३५ करोडकाे कारोबार

काठमाडौं । आज शेयर बजार सामान्य अंकले घटेको छ । नेप्से परिसूचक ३.०७ अंकले घटेर २७६९.०९ को विन्दुमा कायम भएको छ ।

आज ३३२ कम्पनीको शेयर किनबेच हुँदा १६ अर्ब ३५ करोडको शेयर कारोबार भएको छ । आज ८८ कम्पनीको शेयर मूल्य बढेको छ भने १६५ कम्पनीको घटेको छ ।

आज सबैभन्दा धेरै हिमालयन पावर पार्टनरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६५ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आँखुखोला जलविद्युतको ५६ करोड १६ लाखको शेयर कारोबार भएको छ । मञ्जुश्री फाइनान्सको ५२ करोड ३२ लाखको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै पाँच कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज एसवाई प्यानल, हिमस्टार ऊर्जा, सान्भी इनर्जी, सप्तकोशी डेभलपमेन्ट बैंक र माउन्टेन हाइड्रोका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ३ प्रतिशतका दरले गुमाएका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *