सानिमा बैंकका नवनियुक्त सिइओ पवनकुमार आचार्यद्वारा पदभार ग्रहण

काठमाडाैं। सानिमा बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवन कुमार आचार्यले पदभार ग्रहण गरेका छन्। बैंकको सञ्चालक समितिको कार्तिक २४ गते बसेको बैठकले आचार्यलाइ सीईओमा नियुक्त गरेको हो।

प्रमुख कार्यकारी अधिकृतको पदभार ग्रहण गर्नु अघि उनी बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए।

सानिमा बैंकमा २१ वर्षदेखि काम गर्दै आएका आचार्यले संयुक्त राज्य अमेरिकाको पिट्सबर्ग स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर र भारतको एमएनआईटी, जयपुरमा इन्जिनियरिङ्गमा स्नातक डिग्री हासिल गरेका छन्। साथै, शैक्षिक उपलब्धिमध्ये एसएलसी परीक्षामा आदर्श विद्या मन्दिर हाई स्कुलबाट बोर्ड तेस्रो श्रेणी हासिल गरेका थिए।

उनी सानिमा बैंकको सहायक कम्पनी सानिमा क्यापिटलमा पनि अध्यक्षका रुपमा कार्यरत थिए। बैंकिङ क्षेत्रबाहेक उनीसँग इन्जिनियरका रूपमा चार वर्षभन्दा बढीको व्यावसायिक अनुभव रहेको छ। यसका साथै, उनले पाँच वर्षसम्म भिजिटिङ फ्याकल्टीको रूपमा पनि सेवा प्रदान गरेका थिए।

कर्जा मूल्यांकन, डिजिटलाइजेसन तथा परियोजना वित्तहरुमा अनुभव रहेका कारण उनको नेतृत्वमा बैंकले थप सफलता र प्रतिष्ठा हासिल गर्ने विश्वास बैंकले व्यक्त गरेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *