बुटवल । प्रतिनिधि सभाको आसन्न निर्वाचनमा रुपन्देही जिल्लाका तीन निर्वाचन क्षेत्रमा पाँच जना पूर्वमन्त्री उम्मेदवार बनेका छन्। पाँच निर्वाचन क्षेत्र रहेको जिल्लामा क्षेत्र नम्बर २, ४ र ५ मा पूर्वमन्त्रीहरू चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्।
क्षेत्र नम्बर २ मा नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वमन्त्री विष्णुप्रसाद पौडेल उम्मेदवार छन्। क्षेत्र नम्बर ४ मा पूर्वमन्त्री सर्वेन्द्रनाथ शुक्ला र क्षेत्र नम्बर ५ मा तीन जना पूर्वमन्त्री उम्मेदवार रहेका छन्।
क्षेत्र नम्बर ५ मा कांग्रेसबाट पूर्वराज्यमन्त्री भरत कुमार शाह, जनमत पार्टीबाट पूर्वराज्यमन्त्री ओमप्रकाश यादव र नेकपाबाट पूर्वमन्त्री मोहम्मद वकिल मुसलमान उम्मेदवार छन्।
Artha Sanjal






