एनआरएन इन्फ्रास्ट्रक्चरले हिमालयन पावर पार्टनरको ८.५६ लाख कित्ता शेयर बिक्री गर्ने

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टले आफ्नो स्वामित्वमा रहेको हिमालयन पावर पार्टनरको शेयर बिक्री गर्ने भएको छ।

कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले हिमालयन पावर पार्टनरमा रहेको शेयर बेच्ने निर्णय गरेको हो।

जसअनुसार कम्पनीले हिमालयन पावर पार्टनरमा आफ्नो स्वामित्वमा रहेको ८ लाख ५६ हजार ९६० कित्ता शेयर बेच्ने छ।

यो शेयर दोस्रो बजारमार्फत बेचिने कम्पनीले जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *