नेपालमै अवसरको पहिचान गर्न युवालाई प्रधानमन्त्री कार्कीको आग्रह

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा नै अवसरको पहिचान गर्न युवा विद्यार्थीहरुलाई आह्वान गरेकी छिन् ।

आइतबार काठमाडौंमा आयोजित नेपाल खुल्ला विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले स्वदेशमा नै बसेर मुलुक बनाउनुपर्ने भन्दै नेपालमा नै अवसरको पहिचान गर्न युवा विद्यार्थीहरुलाई आह्वान गरेकी हुन् ।

उनले मुलुकमा देखिने तमाम व्यथितिबाट भाग्ने नभइ आफै डटेर सामना गर्नुपर्नेमा जोड दिइन् । अवसर नभएका ठाउँमा नयाँ अवसरहरूको सिर्जना गरेर जहाँ गए पनि नेपालले गर्व गर्न सक्ने नागरिक भएर अघि बढ्न उनले आग्रह गरिन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *