काठमाडाैं। नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९ हजार २०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला ३ लाख एक हजार ४०० रुपैयाँ कायम भएको छ । बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य तोलामा २७० रुपैयाँ बढेर रेकर्ड ब्रेक गरेको छ । आजको बजारमा चाँदी प्रतितोला ६ हजार १९० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । बिहीबार चाँदी प्रतितोला ५ हजार ८७० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
Artha Sanjal






